झापाको दमकमा आज (सोमबार) एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सुत्केरी बाकेर पश्चिमतर्फ आउँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पूर्व जाँदै गरेको अटो रिक्सा बिहान ९:४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक-४, ताराबारीमा ठोक्किएका हुन्।
दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा चढेका यात्रु झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो।
3
Shares

प्रतिक्रिया