धेरै विवाह गर्दा दुश्मनले तालिबानविरुद्ध भ्रम सिर्जना गर्ने मौका पाउने उनको भनाइ रहेको छ।
उक्त बयानमा हैबतुल्लाहले एकपटक विवाह गरिसकेकाले अर्कोपटक विवाह आफूसँग स्वीकृति लिनुपर्ने बताएका छन्।
धेरै विवाह गर्दा तालिबान नेताहरुलाई बढी मात्रामा आर्थिक सहयोग गर्नुपरेको पनि बताइएको छ।
दोस्रो विवाहमा प्रतिबन्ध नलगाइएपनि स्वीकृति भने लिनुपर्ने उल्लेख गरिएको छ।
अखबार दुनियाँ पत्रिकाका अनुसार धेरै जसो तालिबान लडाकु र तिनका नेताहरुले एकभन्दा बढी विवाह गरेका छन्।
हालका प्रमुख मुल्ला हैबतुल्लाहको दुई श्रीमती छन् भने दोहास्थित तालिबानका वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरको तीन श्रीमती छन्।
यसअघि तालिबान संस्थापक मुल्ला मोहम्मद उमर र उनीपछि तालिबान प्रमुख रहेका मुल्ला अख्तर मन्सुर दुवैको समान ३–३ श्रीमती थिए। एजेन्सी
Shares

प्रतिक्रिया