समाज


भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

नेपालखबर
माघ २, २०७७ शुक्रबार १०:३४,

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ।

समाचारमा बताइएअनुसार एउटा मिनीबस र विपरीत दिशाबाट आएको ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो। त्यसमा परी अरु सात जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्याइएको छ।

सो दुर्घटनामा परेर उक्त बसका चालकसहित ११ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ।

सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमिटर पर पर्दछ। प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ। प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ।

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए। उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad