समाज


अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

नेपालखबर
माघ १, २०७७ बिहिबार १२:५३,

जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन्।

मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए। बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए।

‘मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ’, दुलालले भने, ‘आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ।’

आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

‘घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन’ उनले भने, ‘मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ।’ रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad