सुरक्षा सम्बन्धी संस्था लायन्स गेट रिस्क म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर डग मेनार्डले अदालतमा वान्जुलाई पाँचदेखि ६ पटकसम्म चेतावनीपूर्ण भाषमा चिठी आएको र केहीमा बन्दुकका गोलीहरु पठाइएको बताएका हुन्।
अमेरिकाको आग्रहमा वान्जुलाई सन् २०१८ को डिसेम्बरमा क्यानडाका प्रहरीले गिरफ्तार गरेका थिए।
जमानतमा छाडिएकी उनी भ्यानकुभरमै नजरबन्दमा छिन्। उनलाई सबै कुराको स्वतन्त्रता भएपनि क्यानडा छाड्न दिइएको छैन।
वान्जुसँग हुवावेले अमेरिकी प्रतिबन्ध तोडेको विषयमा साथै हुवावे सुरक्षा खतरा हो होइन भन्नेबारे अनुसन्धान गरिरहेको छ।
उनलाई अमेरिका सुपुर्दगी गरिने भनिएको छ। यस कार्यको वान्जुले प्रतिवाद गरिरहेकी छिन्। ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टमा वान्जुको सुरक्षामा ध्यान दिइनुपर्ने अधिकारीहरुले बताएका छन्।
गतवर्षको जुनदेखि जुलाई महिनाको अवधिमा धम्कीपूर्ण चिठीहरु आएको उल्लेख गरिएको छ।
अमेरिकाले विभिन्न प्रतिबन्ध तोडको आरोप लगाउँदै आफ्नी वित्त प्रमुख नियन्त्रणमा लिएपछि सुरुवातदेखि हुवावेले यस कार्यको विरोध जनाइरहेको छ।
अमेरिकी आग्रहमा आफ्ना नागरिक वान्जुलाई क्यानडाले नजरबन्दमा राखेपछि चीनले पनि प्रतिक्रिया स्वरुप केही क्यानडेली नागरिकलाई गिरफ्तार गरेको छ। एजेन्सी

प्रतिक्रिया