समाज


मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

नेपालखबर
पुस २७, २०७७ सोमबार १५:४५,

मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले राजन लामाले चलाउँदै आएको बा।९५प। ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा.७२प. ७९४९ नंको मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए।

अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad