हेटौँडा उपमहानगरपालिका-५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना३क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो।
दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन्। उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया