समाज


आज राति यी प्रदेशमा हल्का वर्षा तथा तराईमा बाक्लो हुस्सुको सम्भावना

आज राति यी प्रदेशमा हल्का वर्षा तथा तराईमा बाक्लो हुस्सुको सम्भावना

नेपालखबर
पुस २७, २०७७ सोमबार १४:१०,

आज (सोमबार) राति देशका विभिन्न स्थानमा हल्का वर्षा तथा तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २ बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थाानमा हल्का वर्षाको सम्भावाना देखिएको हो। साथै तराईमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :

पुस २७ गते (सोमबार)

राति :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थाानमा हल्का वर्षाको सम्भावाना छ, तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरोको सम्भावना छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरोको सम्भवना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पुस २९ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २  र बागमती प्रदेशका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने  सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनुका साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसमविद्का अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad