समाज


निर्मला प्रकरणका घाइते अर्जुन भण्डारालाई मासिक २५ हजार

निर्मला प्रकरणका घाइते अर्जुन भण्डारालाई मासिक २५ हजार

नेपालखबर
साउन १९, २०७६ आइतबार ११:३१,

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउने आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारालई सरकारले मासिक २५ हजार उपलब्ध गराउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारालाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

निर्मलाको बलात्कार र हत्या पछि महेन्द्रनगरमा आन्दोलन उग्र हुँदै जाँदा भण्डारलाई गत भदौ ७ गते प्रहरीको गोली लागेको थियो। एउटा खुट्टा गुमाएका उनको अझै होस खुलेको छैन। भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

उनीसँगै गोली लागेका अर्का किशोर सन्नी खुनाको तत्काल ज्यान गुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .