सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नागरिकता खारेज गरेको छ।
मन्त्रिपरिषद बैठकले उनीहरुको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
नागरिकता खारेजीमा पर्नेहरुमा अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन्।
प्रतिक्रिया