समाज


फर्स्ट लेडी मलेनियाले स्थान नपाएको भोग म्यागेजिनको कभरमा कमला ह्यारिस

फर्स्ट लेडी मलेनियाले स्थान नपाएको भोग म्यागेजिनको कभरमा कमला ह्यारिस

नेपालखबर
पुस २७, २०७७ सोमबार ८:५३,

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोग म्यागेजिनमाथि विभिन्न आरोपहरु लगाएका थिए। यस म्यागेजिन फेक भएको ट्रम्पको भनाइ थियो।

फर्स्ट लेडी मलेनिया ट्रम्पलाई बितेको चार वर्षको अवधिमा एकपटक पनि भोग म्याजेजिनको कभरका लागि स्थान नदिएको ट्रम्पको भनाइ थियो।

ट्रम्पले त्यसबेला अमेरिकी संचारमाध्यमहरु झुठा र पूर्वाग्राही भएको बताएका थिए।

यतिबेला भोग म्यागेजिनले कमला ह्यारिसको फोटो सुट भइसकेको जानकारी दिएको छ। उक्त म्यागेजिनले ह्यारिसको कभर तस्बिर पनि सार्वजनिक गरिसकेको छ।

ह्यारिसको भोगको कभर फोटो सार्वजनिक भएसँगै मिश्रित प्रतिक्रिया आइरहेका छन्।

केहीले यस फोटोको सम्पादन बढी भएको भनेर भोगको आलोचना गरिरहेका छन् भने केहीले कमला ह्यारिसले लगाएको पोशाकको बारेमा आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad