आज पुस २७ गते पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिला घाइते भएकी छन्।
घाइते ती महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ।
भद्रकालीबाट सिंहदरबारको मुल गेटअघि पृथ्वीको शालिक रहेको स्थानतर्फ जाँदै गरेको सो समुहलाई प्रहरीले बीचमा रोकेको थियो। त्यसपछि दुईपक्षबीच घम्साघम्सी हुँदा प्रहरीले लाठी चार्ज गर्ने क्रममा ती महिला घाइते भएकी हुन्।
उनीहरुले ‘राजतन्त्र जिन्दावाद, गणतन्त्रवादी होशियार’ जस्ता नारा लगाइरहेका थिए।
भद्रकाली क्षेत्रमा भएकाे घम्साघम्सीकाे दृष्य हेराैं तस्बिरमा :








प्रतिक्रिया