हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने प्रदेश १ का केही क्षेत्रमा माैसम आंशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले आज (आइतबार) साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- देशका विभिन्न भूभागको न्यूनतम तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
पुस २६ गते (आइतबार)
राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २७ गते (सोमबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २८ गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया