ad ad

समाज


आजदेखि राजधानीमा ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन

आजदेखि राजधानीमा ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन

नेपालखबर
पुस २६, २०७७ आइतबार १०:१९,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरेको छ।

उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न आइतबारदेखि सीसीटीभी क्यामराजडित भेइकल परिचालन गरिएको हो।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने बताए।

पिक आवरमा सवारी चाप हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने एसएसपी भट्टराईले बताए।

भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ।

यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही गर्न सहयोग पुग्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .