रसुवामा बाटो खन्ने क्रममा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।
गोसाईकुण्ड गाउँपालिका ६ केबुस्थित सडकखण्डमा बाटो खन्ने क्रममा ढुङगा खस्दा चोट लागेर नालीमा काम गर्ने नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर थोक्रा तामाङको मृत्यु भएको हो।
बागमती प्रदेश ३–०१–००३ क ६२५७ नम्बरको जेसीवीले बाटो खन्ने क्रममा अचानक माथिबाट करिब ५० मिटर तल ढुङगा खसेर चोट लाग्दा नालीमा काम गरिरहेका तामाङको घटनाटस्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया