नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ।

प्रतिक्रिया