समाज


नयाँ खाले कोरोना संक्रमण तीव्र बनेपछि बेलायतमा आजदेखि पुनः लकडाउन

नयाँ खाले कोरोना संक्रमण तीव्र बनेपछि बेलायतमा आजदेखि पुनः लकडाउन

नेपालखबर
पुस २१, २०७७ मंगलबार २:२२,

आज (मंगलबार)देखि बेलायतमा पुनः लकडाउन सुरु भएको छ। नयाँ खाले कोरोनाभाइरसको संक्रमण तीव्र बनेपछि त्यहाँ पुनः लकडाउन गरिएको हो।

यो लकडाउन फेब्रुअरी १५ सम्म जारी रहने त्यहाँको सरकारले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ५८ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन्। कोरोना संक्रमणले स्वास्थ्य प्रणाली समस्यामा पर्ने अवस्था आएपछि पुनः लकडाउन गरिएको जोन्सनले बताएका छन्।

सबैभन्दा पहिला बेलायतमै देखिएको नयाँ प्रकारको कोरोना भाइरस अहिले विश्वका धेरै मुलुकमा फैलिइसकेको छ। टेलिभिजन संवोधनको क्रममा प्रधानमन्त्री जोन्सनले भने, ‘मैले आज तपाईंहरूलाई सम्बोधन गरिरहँदा हाम्रा अस्पतालहरूमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब छ। ‘देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएका छन्, यो नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन हामी सबैले अझै धेरै मेहनत गर्नुपर्ने प्रष्टै छ।’

लकडाउनका बेला स्वास्थ्य उपचार र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन रोक लगाइएको छ। अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने अधिकारीहरुले जनाएका छन् प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन्। एकअर्काको घरमा पाहुना लाग्न जान पनि रोक लगाइएको छ। टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट र बारहरु खोल्न अनुमति दिइएको छ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ७५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या २७ लाख १३ हजार नाघेको वल्र्डओमिटरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad