छापा खबर


विज्ञ भन्छन्-हिउँदमा बदली भए प्रदूषण निकै खतरनाक

विज्ञ भन्छन्-हिउँदमा बदली भए प्रदूषण निकै खतरनाक

नेपालखबर
पुस २१, २०७७ मंगलबार १:४४,

हिउँदयाममा त्यसमा पनि बदली भएका बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने गरेको पाइएको छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने वातावरणविद्हरू बताउँछन्।

उनीहरूका अनुसार हिउँदयाममा चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्छ। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

मौसमविद्हरू भन्छन्, ‘चिसोयाममा हावाको बहाव कम हुन्छ, त्यसकारण धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै त्यस्ता कणहरू उड्ने गर्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने वातावरण विभागका प्रवक्ता तथा वातावरणविद् इन्दुविक्रम जोशी बताउँछन्।

शीतलहर चलेका बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्। काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ। वातावरणविद्हरू गर्मीयामभन्दा वर्षायाम बढी उपयुक्त हुने बताउँछन्। वर्षायाममा वर्षा हुने भएकाले धुलोका कणहरू वर्षासँगे हट्ने भएकाले वर्षायाम उपयुक्त हुने वातावरणविद्हरूको भनाइ छ। वातारण विभागका प्राविधिक उपसचिव शंकर पौडेलले हिउँदेयाममा बदली लागेको बेला प्रदूषण निकै खतरनाक हुने बताए।

हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ। काठमाडौंको रत्नपार्कमा सोमबार हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर १ सय ५० को हाराहारीमा रहेको वातावरण विभागले जनाएको छ।

वातावरणविद्का अनुसार प्रदूषणको मात्रा एक सयसम्म देखाए त्यसलाई एलो जोन अर्थात् पहेलो रङ मान्ने गरिएको छ। प्रदूषण मापन गर्न राखिएका स्टेसनहरूले सयभन्दा कम देखिए त्यस क्षेत्रलाई बस्न ‘ठिकै अवस्था’ मान्ने गरिन्छ। तर प्रदूषणको मात्रा १ सय ५० र त्योभन्दा माथि देखिएमा रेड जोन अर्थात् रातो चिह्न मान्ने गरिएको छ। रेड जोन देखिए त्यसले बस्न जोखिमपूर्ण रहेको संकेत गर्छ।

वन तथा वातावारण मन्त्रालयका अनुसार नेपालमा प्रदूषणको मात्रा बढ्नुमा गाडीबाट निस्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकारखानाले २५ प्रतिशत र इँटाभट्टाहरूले २५ प्रतिशत प्रदूषण बढाउने गरेका छन्। बाँकी १५ प्रतिशत अन्य क्षेत्र जिम्मेवार हुने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad