अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ भारत सरकारले त्यसको निर्यातमा रोक लगाएको छ।
अक्सफोर्डको खोप उत्पादन गरिरहेको आफ्नो देशस्थित सिरम इन्स्टिच्युटलाई भारत सरकारले अहिले अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो।
अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोग गर्न भारत, बेलायतलगायत धेरै देशले अनुमति दिइसकेका छन्।
सिरम कम्पनीका कार्यकारी अधिकृत अदार पुनावालाले पहिले आफ्नो देशका नागरिकलाई प्राथमिकता दिने उद्देश्यले खोप निर्यातमा रोक लगाइएको भन्दै भारत सरकारको निर्णयप्रति सम्मान व्यक्त गरेका छन्।
भारतमा विश्वकै ठूलो कोरोनाविरुद्ध खोप अभियान सुरु हुन लागेको दाबी गरिएको छ। झन्डै ३० करोड नागरिकलाई खोप दिने भारतको तयारी छ।

प्रतिक्रिया