समाज


गहना लुट्नकै लागि ७१ वर्षीया वृद्धाको हत्या, यसरी पुग्यो प्रहरी हत्यारासम्म

गहना लुट्नकै लागि ७१ वर्षीया वृद्धाको हत्या, यसरी पुग्यो प्रहरी हत्यारासम्म

गोकुल जोशी
पुस १८, २०७७ शनिबार ७:३५,

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

वृद्धा भुलको यही पुस ११ गते राति ११ बजे आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार बिहान पत्रकार सम्मेलन गरेर वृद्धाको हत्यामा संलग्न लालझाँडी गाउँपालिका–६ चानदेव ढक्का शिविर बस्ने ४९ वर्षीय दलबहादुर विकलाई सार्वजनिक गरेको हो।

वृद्धाको हत्या उनले लगाएका गरगहना लुट्नका लागि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रका कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासिनीले बताए।

No description available.दलबहादुरको घरबाट बरामद भएका सामग्री

मृतक भुल ढक्कास्थित घरमा एक्लै बस्थिन्। गत शनिवार राति रक्ताम्य अवस्थामा घरमा उनको शव भेटिएको थियो। शव भेटिए पनि उनले लगाएका गहना भने फेला नपरेको प्रहरीले जनाएको छ। उनको मुख, टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरिएको र त्यसैका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले सुरुमा हत्यारासम्म पुग्ने कुनै सुराक भेटाउन सकेन। घटनाको ४ दिनपछि पुस १५ गते प्रहरीले अनुसन्धानका लागि सोही क्षेत्रका १२ जनालाई नियन्त्रणमा लियो। प्रहरीका अनुसार एक जना केन्द्रित अनुसन्धान गर्नुपर्ने देखिएपछि अन्य ११ जनालाई तारिखमा छाडिएको थियो।

No description available.

प्रहरीले अनुसन्धान केन्द्रित गरेका ती व्यक्ति थिए लालझाँडी गाउँपालिका–६ चानदेव ढक्का शिबिर बस्ने दल बहादुर बिक। प्रहरीले थप अनुसन्धानका लागि उनको घरमा खानतलासी ग¥यो। उनको घरबाट गोली बरामद भएको प्रहरीले जनाएको छ। गोली भेटिएपछि बिकमाथि हातहतियार खरखजना कसुरमा म्याद थप गरी अनुसन्धान प्रहरीले अगाडि बढायो।

घरमा गोली भेटिएपछि बिकमाथि अनुसन्धान केन्द्रित गरेको एसपी मरासिनीले बताए। त्यसपछि प्रहरीले दोस्रोपटक बिकको घरमा खानतलासी ग¥यो। यसपटक भने प्रहरी प्रमाण फेला पार्न सफल भयो।

‘हामीले दोस्रोपल्ट पनि उहाँ (दलबहादुर)को घरमा खानतलासी गर्‍यौँ र मृतक खण्टीले लगाएका गरगहना तथा घटनामा प्रयोग भएका हतियार बरामद गर्न सफल भयौँ’, एसपी मरासिनीले भने, ‘त्यसपछि अभियुक्तले पनि अपराध स्वीकार गरे।’

No description available.घटनाबारे जानकारी दिँदै कञ्चनपुरका एसपी मुकुन्द मरासिनी

प्रहरीले दलबहादुरको घरबाट मृतक खण्टीले कानमा लगाएको दुई थान सुनको मुन्द्रा, एक थान तिलहरी र घटनास्थलमा अभियुक्तले प्रयोग गरेको धारिलो हतियार (बासुलो), चप्पल, कपडा बरामद गरेको छ। एनले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएकोबारे अनुसन्धान भइरहेको बताए।

‘घटनामा अहिलेसम्म एक जनाको मात्रै संलग्नता रहेको खुलेको छ। थप अनुसन्धान भइरहेको छ’, एसपी मरासिनीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad