पर्सामा कारको ठक्करबाट एक पाटेबाघको मृत्यु भएको छ।
शनिबार बिहान पर्सा राष्ट्रिय निकुञ्जको जितपुर–सिमरा सडकखण्डमा बा १६ च ८११ नम्बरको कारले बाघलाई ठक्कर दिँदा उक्त बाघको घटनास्थलमै मृत्यु भएको हो।
निकुञ्जका रेन्जर प्रकाश पुनले कारको ठक्करबाट पूर्ण वयस्क पोथी पाटे बाघको मृत्यु भएको बताए। उनले काराको ठक्करबाट बाघको टोउको चोट लागेको र उसको घटनास्थलमै मृत्यु भएको बताए।
प्रहरीले कारका चालक सर्लाहीका ५० वर्षीय अजयकुमार मिश्रलाई नियन्त्रणमा लिएको छ। चालक मिश्र र बाघलाई निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया