ad ad

समाज


सुनसरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

नेपालखबर
साउन १८, २०७६ शनिबार ४:३९,

सुनसरीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ।

जिल्लाको इनरुवा–७ बर्छवामा शुक्रबार साँझ पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय (सुनसरी)का अनुसार स्थानीय १३ वर्षीय अर्पण खवासको डुबेर मृत्यु भएको हो।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खवासलाई जिल्ला अस्पताल इनरुवा ल्याएइएकामा उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जाानकारी दिए।

यसैबीच सुनसरीको इटहरी–२० पानीपियास्थित कोसी राजमार्ग जंगलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु अग्रवालको ज्यान गएको प्रहरीले जनाएको छ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा मोटरसाइकल चालक सञ्जु लडेका थिए।

सडकमा लडेका उनलाई धरानतर्फ जाँदै गरेको मे १ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार-३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर-१ का ४३ वर्षीय रमेश खतिवडा प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .