ad ad

समाज


बेलायती वैज्ञानिकको अध्ययन भन्छः कोरोनाको नयाँ रुप पहिलेभन्दा खतरनाक छैन

बेलायती वैज्ञानिकको अध्ययन भन्छः कोरोनाको नयाँ रुप पहिलेभन्दा खतरनाक छैन

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:१६,

सबैभन्दा पहिले कोरोनाको नयाँ रुप बेलायतमा देखिएको थियो। त्यसकारण विभिन्न मुलकुले बेलायतमाथि भ्रमण प्रतिबन्ध लगाएका छन्।

जापानले कोरोनाको नयाँ रुपको त्रासपछि विश्वभरका देशबाट हुने भ्रमणमै प्रतिबन्ध लगाएको छ।

कोरोनाको नयाँ रुपपछि विश्वभर त्रास फैलिरहँदा बेलायती वैज्ञानिकको अध्ययनमा भने कोरोनाको नयाँ रुप पहिलेभन्दा खतरनाक नभएको देखिएको छ।

बीबीसीका अनुसार पब्लिक हेल्थ इंगल्यान्डले गरेको तुलनात्मक अध्ययनमा हाल देखिएको कोरोनाको नयाँ रुप पहिलेभन्दा गम्भीर नभएको देखिएको छ।

अध्ययनमा १७ सय व्यक्तिहरु समावेश थिए। यो नयाँ भाइरस पहिलेको भन्दा खतरनाक नभएपनि यस भाइरस पहिलेभन्दा संक्रामक भने भएको बताइएको छ।

हाल नयाँ रुपको भाइरस युरोपका धेरै देश तथा भारत, पाकिस्तानसहित २० भन्दा बढी मुलुकमा फैलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .