ad ad

समाज


अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी माजिद कुट्टी २४ वर्षपछि गिरफ्तार

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी माजिद कुट्टी २४ वर्षपछि गिरफ्तार

नेपालखबर
पुस १३, २०७७ सोमबार ७:३०,

भारतको आतंकवादविरुद्धको टोली एटीएसले माजिदलाई आइतबार पक्राउ गरेको हो। उनलाई भारतको झारखण्डस्थित जमसेदपुरबाट पक्राउ गरिएको समाचार संस्था एएनआईले जनाएको छ।

सन् १९९७ को भारतको गणतन्त्र दिवसको अवसरमा गुजरात र महाराष्ट्रमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा बम बिस्फोट भएको थियो। उक्त बम बिस्फोटको घटनामा माजिद संलग्न भएको समाचार संस्था एएनआईको भनाइ छ।

पाकिस्तानी एजेन्सीको योजना र गुन्डा नाइके दाउद इब्राहिमको आदेशमा माजिद लगायत अन्य व्यक्तिहरुले बम बिस्फोट गराएको भारतीय संचारमाध्यमको भनाइ छ।

पछिल्लो २४ वर्षयता भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको थियो। पहिचान लुकाउँदै माजिद विभिन्न स्थानमा बस्दै आएका थिए।

अधिकारीहरुका अनुसार माजिद मलेसिया र दुबई नक्कली पासपोर्ट मार्फत गइरहन्थे। हाल जमसेदपुरमा उनी नाम परिवर्तन गरेर डेढ वर्षयता बसिरहेका थिए। उनले आफ्नो नाम कलाम राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .