समाज


भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी

नेपालखबर
पुस ११, २०७७ शनिबार ११:५७,

गत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजार ११८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण २५१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३४३ जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ८१ हजार ६६७ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ७५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र ३० जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ।

भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४१४ जनाको मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १६ करोड ७१ लाख आठ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad