कारोबार


विषादी जाँच नगर भने झन् धेरै गर्ने कृषिमन्त्रीको चेतावनी

विषादी जाँच नगर भने झन् धेरै गर्ने कृषिमन्त्रीको चेतावनी

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १०:२६,

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले विषादी जाँच नगर भने पनि गर्ने बताएका छन्। चितवनको भरतपुरमा आज नेपाल भेटेरिनरी एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै विषादी जाँच नगर भने झन् धेरै गर्ने बताएका हुन्।

भारतभन्दा अघि बढेर सात स्थानमा विषादी जाँच गरेको उल्लेख गर्दै भने, ‘हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाले मात्र बहसको विषय भएको हो। चेक जाँच त भएकै थियोे । त्यसलाई निरान्तरता दिएका छौँ, दिन्छौँ। चेकजाँच नगर भने पनि गर्छौँ। झन धेरै गर्छौँ।’

कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको उल्लेख गरे। जनताको स्वास्थ्यमा खेलबाड गर्न नदिने भन्दै उनले राज्यले कानुन बनाएर मात्र नहुने भएकोले कार्यान्वयन गर्नुपर्ने बताए।

सरकारले नाकामा भारतबाट आयात हुने तरकारी विषादी परीक्षण नभएको भन्दै रोकेपछि यो विषय पछिल्लो समय चर्चामा आएको थियो। यसबारे सर्वोच्च अदालतले समेत विषादी परीक्षण स्थगन नगर्न भनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad