ad ad

समाज


बोलेरो पल्टिँदा चालकको मृत्यु, अन्य तीन जना घाइते

बोलेरो पल्टिँदा चालकको मृत्यु, अन्य तीन जना घाइते

नेपालखबर
पुस ९, २०७७ बिहिबार ४:१७,

बैतडीको सूर्नयामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवथा गम्भीर रहेको प्रहरीले जनाएको छ।

धनगढीबाट बझाङ जाँदै गरेको से १ ज ८४३ नम्बरको बोलेरो बिहीबार बिहान सुर्नया गाउँपालिका–८ आलगैरामा दुर्घटनामा परेको हो। दुर्घटनामा बझाङकै बुंगल नगरपालिका–११ का २७ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको छ। उनी बोलेको चालक हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ४० वर्षीय गंगादत्त भट्ट र ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ। उनीहरूलाई उपचार गर्न डडेल्धुरा लगिएको छ।

तीव्र गति र हुस्सुको कारण बोलेरो दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .