कारोबार


लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग

लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग

नेपालखबर
पुस ८, २०७७ बुधबार ११:७,

लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिङ ग्रुपले संयुक्त रूपमा निर्माण गरेकोे भियन्टियानदेखि भ्याङभियाङ सेक्सन (भियन्टियान– भ्याङभियाङ एक्सप्रेसवे) सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २० मा औपचारिक रूपमा खोलिएको थियो।

परियोजना पूर्ण भएपछि लाओसमा एक्सप्रेसवेको अनुपस्थितिको इतिहास समाप्त हुनेछ। भियन्टियानबाट भ्याङभियाङ सम्मको यात्रामा साढे दुई घण्टा बचत भई लगभग एक घण्टा मात्र लाग्ने र यसले क्षेत्रीय स्रोतहरूको प्रभावकारी विकास गर्न, मार्गमा पर्ने लाओसका जनताको जीवनस्तर सुधार गर्न, सामाजिक–आर्थिक व्यापार र सांस्कृतिक आदानप्रदानमा सहयोग गर्नेछ।

भियन्टियानदेखि भ्याङभियाङ एक्सप्रेसवे लाओसको पहिलो स्मार्ट एक्सप्रेसवे हो। ग्लोबल अग्रणी सूचना तथा सञ्चार प्रविधी (आईसीटी), क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स (आईओटी) र सुरक्षा व्यवस्थापन प्रणालीको आधारमा सुरक्षित, स्थिर र इन्टेलिजेन्ट आईसीटी प्लेटफर्म निर्माण गर्न ह्वावेले आफ्नो पार्टनर युन्नान ह्वायुआन इलेक्ट्रोनिक्स कम्पनीसँग सहकार्य गरेको थियो।

मार्गमा तैनात ह्वावेको डाटा संचार र प्रसारण उपकरणले एक डिजिटल धारणा, अन्तक्रिया, प्रसारण र अनुप्रयोग एकीकृत सोलुसन निर्माण गर्दछ जुन रीयल टाईम इन्टेलिजेन्ट मोनिटरिङ, इन्टेलिजेन्ट चार्जिङ, आपतकालीन प्रतिक्रिया र निर्णय विश्लेषण जस्ता अल–सिनारियो सोलुसन कार्यान्वयन गर्नका लागि बिग डाटा विश्लेषण र अन्य प्राविधिक माध्यमहरू प्रयोग गर्दछ।

२०२१ मा लाओसमा निर्माण हुने ५जी नेटवर्क यस स्मार्ट एक्सप्रेसवेसँग एकीकृत हुनेछ। ५जीप्लसएआई टेक्नोलोजीको भविष्यले एक्सप्रेसवेको बौद्धिक स्तरलाई अझ वृद्धि गर्नेछ र लाओसमा पूर्वाधार विकासलाई सहज बनाउनेछ। भियन्टियान–भ्याङभियाङ एक्सप्रेसवेको शुरुवात विन्दु लाओसको राजधानी भियन्टियानमा अवस्थित छ र अन्त्य बिन्दु, भान्भिएन, लाओसको सबैभन्दा प्रख्यात पर्यटन शहरहरू मध्यकोे एक हो। यस एक्सप्रेसवेको उद्घाटनले स्थानीय यातायातको अवस्था सुधार, यातायात दक्षता सुधार, त्यस मार्गमा पर्ने क्षेत्रको अर्थतन्त्र र पर्यटनको विकासलाई प्रबर्धन गर्ने छ र प्रभावकारी रूपमा स्थानीय जनतालाई फाइदा पुग्ने छ।

फोखम, त्मार्क रिसोर्ट भ्याङभियाङका एक कर्मचारीले खुसी व्यक्त गर्दै भने कि, ‘यस अवधिमा होटल बुकिङमा उल्लेखनीय बृद्धि भएको छ। पर्यटकहरूले भियन्टियान– भ्याङभियाङ एक्सप्रेसवेमा यात्रा अनुभवलाई पनि प्रशंसा गरेका छन्, जसले ड्राइभिङ सुरक्षा सुनिश्चित गर्न हाई–टेक र इन्जिनियरिङ निर्माण, आधुनिक अवधारणा र अत्याधुनिक प्रविधि एकीकृत गर्दछ। मलाई विश्वास छ कि यस एक्सप्रेसवेको उद्घाटन पछि यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन मद्दत पु-याउनेछ र तदनुसार मेरो आय पनि बढ्ने छ।’

भियन्टियानमा काम गर्ने नान्थावथले आफ्नो गृहनगरमा पहिलो एक्सप्रेसवेकोे उद्घाटन अनुभव गर्न आफ्नो परिवार लिएर गए।

‘नयाँ सडक पुरानो भन्दा फराकिलो, छिटो र सुरक्षित छ। भियन्टियानबाट भ्याङभियाङसम्म आवतजावत गर्न एक दिन पुरै लाग्थ्यो र अब भ्याङभियाङ पुग्न एक घण्टा जति मात्र लाग्दछ। ईटीसीको प्रयोगले यसले छिटो र व्यवस्थित ट्राफिकको सुविधा पुर्‍याउनेछ र आईसीटी प्रविधिले ट्राफिकलाई स्मार्ट र सुविधाजनक बनाउनेछ’ उनले भने।

आईसीटी प्रविधिले राम्रो सुरक्षा प्रणाली र जनताको जीवनको लागि सुविधा प्रदान गर्दै यातायात र अन्य उद्योगहरूमा बढ्दो महत्वपूर्ण भूमिका खेल्दै छ र यसले सामाजिक विकासको लागि विशाल उत्प्रेरणा प्रदान गर्दछ, जसले गर्दा हामी पूर्ण रूपमा कनेक्टेड इन्टेलिजेन्ट जीवनको प्रतीक्षा गर्न सक्छौं। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad