ad ad

राजनीति


उपाध्यक्ष गौतम र गृहमन्त्री थापा आफूहरुसँगै रहने बैठकमा प्रचण्डको भनाइ

उपाध्यक्ष गौतम र गृहमन्त्री थापा आफूहरुसँगै रहने बैठकमा प्रचण्डको भनाइ

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:५२,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा पनि आफूहरुसँगै रहने बताएका छन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु नेकपाको आधिकारिक पार्टी भएको पनि बताए।

‘रामबहादुर थापा बादललाई आज बिहान पनि भेटेर कुरा गरेको छु,’ प्रचण्डले भेलामा भने, ‘वामदेवजीसँग मेरो भावनात्मक सम्बन्ध पनि छ। आधिकारिक पार्टीमा उहाँहरु आउनुहुन्छ।’

प्रचण्डले ६५ प्रतिशत केन्द्रीय सदस्य हलमा रहेको दाबी गर्दै केही केन्द्रीय सदस्य अझै थपिने बताए।

उनले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विहान बालुवाटारमा राखेको केन्द्रीय सदस्यको बैठक अवैधानिक भएको जिकिर गरे।

‘निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो। बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त गर्न लायक छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .