ad ad

समाज


प्रचण्डले आईजीपी बनाउन नसकेका देउवानिकट चन्दलाई ओलीले लगे अख्तियारमा

प्रचण्डले आईजीपी बनाउन नसकेका देउवानिकट चन्दलाई ओलीले लगे अख्तियारमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:२६,

पूर्वएआईजी जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस भएका छन्।

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले चन्दलाई आयुक्तमा सिफारिस गरेको हो।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा चन्दलाई आईजीपी बनाउने प्रयास असफल भएको थियो। तर, प्रचण्डमार्फत आईजीपी बनाउन असफल भएका देउवा प्रधानमन्त्री केपी ओलीमार्फत आयुक्त बनाउन भने सफल भएका हुन्।

सुदूपश्चिमका चन्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। यसअघि माओवादी र कांग्रेसको संयुक्त सरकारले २०७३ फागुन १ गते चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरे पनि सर्वोच्च अदालतले तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिँदै चैत ८ गते उत्प्रेषण आदेशमार्फत बदर गरेको थियो।

लामो विवाद र सर्वोच्चको आदेशपछि सरकार चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णयबाट पछि हटेको थियो। तर, सरकारले चन्दलाई आईजीपी नियुक्त गरेको विरुद्धमा सर्वोच्च पुगेका पूर्वडीआईजी नवराज सिलवाल पनि आईजीपी बन्न पाएका थिएनन्।

सरकारले दुवै विवादमा आएपछि २०७३ चैत २८ गते प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो।

संवैधानिक परिषद्को बैठकमा सहभागी नभए पनि देउवा र प्रधानमन्त्री ओलीबीच पटक–पटक छलफल भएको थियो। देउवाको सल्लाहमा नै प्रधामन्त्री ओलीले चन्दलाई आयुक्त नियुक्त गरेको बताइउको छ। संवैधानिक परिषदले अख्तियार प्रमुखमा पूर्वगृहसचिव प्रेमकुमार राई र अर्का आयुक्तमा किशोरकुमार सिलवाललाई सिफारिस गरिएको छ।

संसद विघटन भएसँगै अब उनीहरु संसदीय सुनुवाईबिनै नियुक्त हुनेछन्। तर, यसका लागि ४५ दिनभने पर्खनुपर्ने छ। त्यसपछि उनीहरु नियुक्त हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .