समाज


ओबामा भन्छन्ः छोरीको ब्वाइफ्रेन्डले धेरै खाएका कारण खर्च बढ्यो

ओबामा भन्छन्ः छोरीको ब्वाइफ्रेन्डले धेरै खाएका कारण खर्च बढ्यो

नेपालखबर
पुस ४, २०७७ शनिबार ९:१६,

द बिल सिमोन्स पोडकास्टमा ओबामाले छोरीको ब्वाइफ्रेन्ड रोरी फर्कुहर्सनले धेरै खाने गरेको पनि बताए।

रोरीका कारण घर खर्च ३० प्रतिशतले बढेको ओबामाको भनाइ छ।

ओबामा रोरीको बारेमा भन्छन्,‘भिसाको विषयमा केही कुराहरु थिए। उनको जागिर थियो। त्यसैले हामीले उनलाई हामीसँग राख्यौं। म उनलाई मन पराउन चाहन्न थिए, तर उ राम्रो बच्चा हो।’

PICTURED: Malia Obama, boyfriend Rory Farquharson light up on their Europe  trip - News Break | Malia obama, Malia obama boyfriend, Sasha obama  boyfriend

ओबामाले छोरी मालिया र रोरीले राम्रो पलहरु बिताएको पनि बताए। ओबामाले उनीहरुलाई कार्ड गेमहरु खेल्न सिकाएका थिए।

खानेकुराको सन्दर्भमा छोरी र रोरी फरक थिए। ओबामाका अनुसार रोरीले खाएको देखेर उनी दंग परेका थिए।

रोरीले अधिक खाएकै कारण आफ्नो घर खर्च ३० प्रतिशतले बढेको ओबामाको भनाइ छ।

न्युयोर्क टाइम्सका अनुसार रोरी बेलायतका नागरिक हुन्। रोरी र मालियाले सन् २०१७ मा हाभार्ड विश्वविद्यालयमा अध्ययनका क्रममा एकअर्कालाई चिनेका थिए।

Malia Obama, the daughter of former President Barack Obama and First Lady  Michelle Obama, had a … | Malia obama, Michelle and barack obama, Barak and  michelle obama

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .