झण्डै एक महिनाअघि ललितपुर महानगरपालिका- २१ खोकनाको एक घरमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गएको वैशाख पहिलो साता (वैशाख ७ देखि ९ गतेको बीचमा) खोकनास्थित नवराज गुरुङको घरमाबाट नगद, सुनचाँदीका गहना, आईफोनसहितका सामान चोरी भएको थियो।
चोरीमा संलग्न र चोरिएका धनमाल किनेको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट ६ जनालाई पक्राउ गरेको हो।
चोरीमा संलग्न भएको आरोपमा रामेछापको दोरम्बा गाउँपालिका- ४ गौसरा घर भइ हाल ललितपुर महानगरपालिका १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा मगर र सोही ठेगानाका ३५ वर्षीय धनलाल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
लामो अनुसन्धानपछि प्रहरीले यही जेठ ३ गते उनीहरुलाई पक्रा गरेको थियो।
उनीहरुलाई पक्राउपछि थप अनुसन्धान गर्दा चोरीभएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ बतासे घर भइ काठमाडौँको बुढानिलकण्ठ नगरपालिका- ११ कपन बस्ने २८ वर्षीय सुवास सुनार र मेलम्ची-५ शिखरपुर घर भइ काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा सुन-चाँदी पसल संचालन गरी बस्ने ४१ वर्षीय रेशम बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर ललिलपुरले जनाएको छ। बरामद सामानसहित आवश्यक कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ।
Shares

प्रतिक्रिया