लोक, आधुनिक, पप गायनमा छुट्टै परिचय बनाएकी गायिका दीपा कोइरालाल आफ्नो स्वरमा नयाँ गीत ‘कब्जा गर्यौ’ बजारमा ल्याएकी छन्।
गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ। गीतमा सुवर्ण कुमारको शब्द र संगीत रहेको छ।
प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। गीतको भिडियो पनि सोही अनुरुप बनेको छ।
भिडियोमा रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन्। त्यस्तै रमा आरएल ठकुरी र हेम श्रेष्ठको अभिनय रहेको छ।
भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन, सुवर्ण कुमारको सम्पादन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ।
हेरौँ भिडियो
3
Shares

प्रतिक्रिया