समाज


मनाङमा फेरि देखियो कोरोना

मनाङमा फेरि देखियो कोरोना

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ५:१२,

देशैभरि कोरोना संक्रमण फैलिएको बेला मनाङमा भने संक्रमितको संख्या शून्य थियो। संक्रमितको संख्या घट्दो अवस्थामा मनाङमा शुक्रबार कोरोना संक्रमण देखिएको छ।

जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पीसीआर अनिवार्य गरिएको छ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब संकलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए। उनका अनुसार नौ जना संक्रमित निको भएसँगै मनाङ शून्य रहेको हो।

शून्य भएको धेरै दिनपछि शुक्रबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ। उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सं)क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन्। हाल जिल्लामा एक मात्रै संक्रमित रहेका छन्। अन्य बिरामी निको भएर घर फर्किसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad