ad ad

समाज


दिल्लीको उच्च अदालतले भन्यो : लामो समय यौन सम्बन्ध राखिसकेपछि बलात्कार भन्न मिल्दैन

दिल्लीको उच्च अदालतले भन्यो : लामो समय यौन सम्बन्ध राखिसकेपछि बलात्कार भन्न मिल्दैन

नेपालखबर
पुस २, २०७७ बिहिबार ४:४५,

भारतस्थित दिल्लीको उच्च अदालतले विवाह गर्ने वाचासहित महिलाको सहमतिमा लामो समयदेखि यौन सम्बन्ध राख्नु बलात्कार नभएको निर्णय सुनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार एक महिनासम्म शारीरिक सम्बन्ध राखिसकेपपछि एक महिलाले पुरुषविरुद्ध बलात्कार मुद्दा दिएकी थिइन्।

यही मुद्दालाई दिल्लीको उच्च अदालतले खारेज गरेको हो। फैसलामा भनिएको छ– ‘विवाहको वाचालाई यौन लोभका रूपमा ठहर गर्न सकिन्न, यदि यो लामो र अनिश्चित कालसम्म कायम रहन्छ भने।’

न्यायाधीश विभु बाखरूले भनेका भन्, ‘विवाहको झुटो आश्वासन दिएर शारीरिक सम्बन्ध राख्नुलाई यौनप्रतिको लोभ भन्न सकिन्छ यदि पीडित कुनै क्षणका लागि मात्र सिकार भएकी छन् भने।’

अदालतले भनेको छ- ‘शारीरिक सम्बन्धसहित लामो समयसम्म घनिष्ठ सम्बन्ध चलेको छ भने यसमा महिलाको इच्छा र प्रेम गाँसिएको छैन भनेर विश्वास गर्न मिल्दैन र महिलालाई यौन सम्बन्धका लागि झुटो वाचा गरिएको भनेर पनि भन्न सकिन्न।’

अन्ततः न्यायाधीश बखरूले ती पुरुषलाई बलात्कारको आरोपबाट मुक्त गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .