९४ प्रतिशत प्रभावकारी देखिएको मोडर्नाको खोपलाई अमेरिकाले प्रयोगका लागि अनुमति दिएको बीबीसीले जनाएको छ।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले आफ्नो परीक्षणमा समेत मोडर्नाको खोप प्रभावकारी देखिएको भन्दै यसलाई प्रयोगमा अनुमति दिएको हो।
यसैहप्ताको सोमबारदेखि अमेरिकामा फाइजरको खोप लगाउन थालिएको छ। उक्त खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
फाइजरको खोप प्रयोग गर्न थालिएको भोलिपल्टै मोडर्नाको खोपले अमेरिकामा स्वीकृति पाएको हो।
हाल अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ ३ लाखभन्दा बढीको कोरोनाले ज्यान लिएको छ।
खोप प्रयोगसँगै अब यहाँ कोरोना नियन्त्रण हुने अनुमान गरिएको छ।
यो पनिः कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने र खोपलाई स्वीकृति दिने देशको सूची
प्रतिक्रिया