नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको हो।
मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ९ जार ८८१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९९६ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
त्यस्तै कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ७३० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया