अमेरिकाका कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत साेमबार खोप अभियान सुरु गरिएको जानकारी दिएका हुन्।
ट्रम्पले ट्विट गरेका छन्, ‘अमेरिकामा पहिलो खोप लगाइयो। बधाई यूएसए (अमेरिका) ! बधाई विश्व !!
First Vaccine Administered. Congratulations USA! Congratulations WORLD!
— Donald J. Trump (@realDonaldTrump) December 14, 2020अमेरिकी सञ्चारमाध्यमका पहिलो खोप अश्वेत नर्स सन्ड्रा लिन्ड्जेलाई लगाइएको हो।
अमेरिकामा पहिलो चरण स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। त्यसका लागि अमेरिकाका विभिन्न राज्यका १४५ स्थानमा खोप पुर्याइएकाे छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पनि खोप लगाउन प्रस्ताव गरिएको छ। तर ट्रम्पले अहिले नै खोप लगाउँछन् कि लगाउँदैनन्, स्पष्ट भइसकेको छैन। किनकि उनी यसअघि नै कोरोनाबाट संक्रमित भइसकेका छन्।
नवनिर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि कोरोनाविरुद्ध खोप दिने योजना छ।
अमेरिका संसारमा सबैभन्दा बढी कोरोनापीडित मुलुक हो।
प्रतिक्रिया