ad ad

समाज


एक करोड ६३ लाख ठगी गर्ने अनिल पोद्दार पक्राउ

एक करोड ६३ लाख ठगी गर्ने अनिल पोद्दार पक्राउ

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ११:५९,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक अनादर मुद्दामा दोषी ठहर अनिल पोद्दारलाई पक्राउ गरेको छ।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०७३ भदौ १५ मा दोषी ठहर पोद्दारलाई १ महिना कैद र रु. तीन हजार जरिवाना तथा एक करोड ६३ लाख० बिगो भराउने फैसला भएको थियो।

काठमाडौंको बबरमहल बस्ने ४८ वर्षीय पोद्दारलाई विशेष सूचनाका आधारमा प्रहरीले कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि आज (साेमबार) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिवादी अनिल पोद्दारले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी-जानी बुद्दनगरका नानीबाबु खरेललाई एक करोड ६३ लाखको बैंक चेक दिई फरार रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .