ad ad

समाज


देशमा थोरै ठाउँमा सामान्य वर्षाः यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

देशमा थोरै ठाउँमा सामान्य वर्षाः यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

नेपालखबर
साउन १६, २०७६ बिहिबार १:३६,

अझै केही दिन मनसुन निस्क्रिय अबस्थामै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहीबार) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने महाशाखाकी मौसमविद् विभुती पोखरेलले जानकारी दिइन्।

‘आज पनि थोरै स्थानमा वर्षा हुने सम्भावना देखिन्छ’ पोखरेलले भनिन्, नेपालखबरसँग उनले भनिन्, ‘अबको दुई–तीन दिन देशभर भारी वर्षाको सम्भावना भने छैन।’

यतिबेला भैरहवा, जनकपुर, सिरहा लगायतका ठाउँमा सामान्य वर्षा भइरहेको छ। तर, अन्यत्र भने वर्षा नभएको पोखरेलले बताएन्।

काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली छ। अपराह्नतिर काठमाडौँमा पनि सामान्य वर्षा हुने सम्भावना रहेको उनको भनाई छ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा धेरै दक्षिण भारतमा रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको महाशाखाले जनाएको छ।

तर, मनसुनी अबधि अझै दुई महिनाभन्दा धेरै बाँकी रहेकाले कुनै पनि बेला पुनः भारी वर्षा हुनसक्ने सम्भावनालाई भने नकार्न नसकिने मौसमविद् पोखरेलले बताइन्।

महाशाखाले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान यस्तो छ
मौसम विश्लेषण
हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू भाग भन्दा दक्षिणतिर रहेको छ। अबको २–३ दिन पश्चात न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक रहने सम्भावना छ।

यस कारण अबको २–३ दिन पछि मनसुनीगतिविधि बढ्ने सम्भावना रहेको देखिन्छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १६ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना छ ।

रातिः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना छ।

श्रावण १७ गते (शुक्रबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनसहितवर्षा हुने संभावना छ।

श्रावण १८ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने संभावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .