समाज


५ हजार १८१ नमूना परीक्षण गर्दा ८३० मा कोरोना पुष्टि, १५ सय निको भए

५ हजार १८१ नमूना परीक्षण गर्दा ८३० मा कोरोना पुष्टि, १५ सय निको भए

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १०:४३,

नेपालमा पछिल्लो २४ मा ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्ले २४ घण्टामा देशभर ५ हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

त्यस्तै पछिद्धल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ६९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad