बेलायतका स्वास्थ्य नियामक संस्थाले फाइजरको खोप एलर्जीका समस्या हुनेहरुमा लगाउन नहुने बताएको बीबीसीले जनाएको छ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमा संलग्न कर्मचारीमा मंगलबार फाइजरको कोरोनाविरुद्धको खोप लगाइएको थियो।
उनीहरुमध्ये दुई स्वास्थ्यकर्मीमा खोपले नकरात्मक असर गरेको बताइएको छ। अहिले उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको जनाइएको छ।

मानिसको शरीरमा खानपान, औषधि लगायतले एलर्जी देखा पर्दछन्। त्यस्तामा फाइजरको खोपले गम्भीर एलर्जी निम्त्याउने चेतावनी दिइएको छ।
3
Shares

प्रतिक्रिया