रौतहटको राजपुर बमकाण्डका मुख्य आरोपित महताफ आलम पक्राउ परेका छन्।
उनी नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ हुन्। अफताब भने सोही काण्डमा अहिले जेलमा छन्।
अहिले उनका भाइ महताफलाई प्रदेश नं २ को प्रहरी टोलीले भारतको मोतीहारीबाट पक्राउ गरेर नेपाल ल्याएको प्रहरी स्रोतले जानकारी दिएको हो।
सविधान सभा चुनावका बेला २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट भएको थियो। जसमा परी आलमका केही कार्यकर्ताको मृत्यु तथा केही घाइते भएका थिए।
घाइतेलाई जिउँदै जलाएको आरोप दाजुभाइलाई लागेको हो। सांसद अफताब भने एक वर्षअघि नै पक्राउ परेर पूर्पक्षका लागि कारागारमा छन्।

प्रतिक्रिया