समाज


बनेपामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु, ३ घाइते

बनेपामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु, ३ घाइते

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ०:५१,

काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका- ८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

बनेपा नगरपालिका- ६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनाम गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ का बिकास बस्नेत, धुलिखेल-४ का १८ वर्षीय अनिल मगर, उदयपुरको कटारि- ६ का १८ वर्षकै सुबास मगर घाइते भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad