ad ad

समाज


डा. लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार घोषणा, शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

डा. लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार घोषणा, शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ९:१५,

अपांगता भएका व्यक्तिहरुको प्रतिभा उजागर गर्ने उदेश्यले ‘अन्तरदृष्टि पुरस्कार’ घोषणा गरिएको छ। शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले डा. कमल लामिछानेले पुरस्कार स्थापना गरेका हुन्। 

देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाई हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेको डा. लामिछानेले बताए।

साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरेको उनको भनाई छ।

‘अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार’का मुख्य निर्णायक देशभर रहेका तीन सयभन्दा बढी विद्यालयमा अपांगता नभएका विद्यार्थीसँगै पढिरहेका कक्षा ८ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थी हुनेछन्।

अन्तर्दृष्टि पुरस्कारको घोषणा २०७८ सालदेखि हरेक वर्ष डिसेम्बर ३ तारिख अर्थात् अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका दिनमा गरिनेछ। पुरस्कार वितरण भने हरेक वर्ष वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाका दिन गरिनेछ।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रु. २० हजारसहित प्रमाणपत्र, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रू. १० हजारसहित प्रमाणपत्र र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रू. १० हजारसहित प्रमाणपत्र रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .