ad ad

समाज


बेलायतपछि रुसले कोरोना खोप लगाउन स्वीकृति दियो, अस्वस्थ प्रतिस्पर्धा निम्तने ईयूको चिन्ता

बेलायतपछि रुसले कोरोना खोप लगाउन स्वीकृति दियो, अस्वस्थ प्रतिस्पर्धा निम्तने ईयूको चिन्ता

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ७:४१,

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बुधबार नै टेलिभिजनमा सम्बोधन गर्दै रुसले आगामी हप्तादेखि समूहिक खोप कार्यक्रम संचालन गर्ने बताएको सीएनएनले जनाएको छ।

रुसले तेस्रो चरणको परीक्षण सम्पन्न नहुँदै यसअघि नै आफ्नो कोरोना भ्याक्सिन स्पुतनिक–भीलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।

तर बेलायतले बुधबार सामूहिक खोप कार्यक्रमका लागि स्वीकृति दिएपछि मात्रै रुसले पनि सामूहिक खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएको हो।

No description available.

बेलायतले स्वीकृति दिएको खोप ९५ प्रतिशत प्रभावकारी भएको फाइजरको भनाइ छ। रुसी अधिकारीहरुका अनुसार स्पुतनिक–भी पनि ९५ प्रतिशत प्रभावकारी छ।

बेलायत र रुसले कोरोना भ्याक्सिन प्रयोगमा अनुमति प्रदान गरेसँगै युरोपेली संघ ईयूले कोरोना भ्याक्सिनको विषयमा अस्वस्थ प्रतिस्पर्धा निम्तने खतरा भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

ईयूको युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार खोप प्रयोगका लागि अनुमति दिने प्रक्रिया लामो हुन्छ र त्यो आधिकारिक हुन्छ।

बेलायतले चाँडै कोरोनाको खोपलाई स्वीकृति प्रदान गरेकोमा ईयूले असन्तुष्टि व्यक्त गरेको रोयटर्सले जनाएको छ।

यो पनिः बेलायतले दियो फाइजरको कोरोना खोप प्रयोगमा अनुमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .