यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका वैज्ञानिकले सोमबार गतवर्षको डिसेम्बर १३ मा संकलन गरिएको रगतमा कोरोना भाइरसको एन्टीबडी देखिएको बताएका हुन्।
चीनमा डिसेम्बर ३१ मा मात्र कोरोना भाइरस फैलिएको पुष्टि गरिएको थियो।
वुहानमा कोरोनाले मानिसहरु बिरामी बन्न थालेको जानकारी आएको झन्डै एक महिनापछि अमेरिकामा पहिलो संक्रमित पुष्टि भएको थियो।
सीडीसीका वैज्ञानिकहरुका अनुसार चीनमा कोरोना फैलिएको घोषणा हुनु अगाडि नै अमेरिकामा संकलन गरिएको रगतमा सार्स–कोभ–२ भाइरसको एन्टीबडी देखिएको छ।
सार्स–कोभ–२ कोरोना भाइरस परिवारकै भाइरस हो।
यसअघि इटालीले पनि चीनमा कोरोना प्रकोप घोषणा हुनु अगाडि नै संकलन गरिएको रगतको नमुनामा कोरोना देखिएको बताएको थियो।
इटलीमा कोरोना प्रकोप फैलिन सुरु भएको ३ महिना अगाडि अर्थात् सेप्टेम्बरमै उक्त रगतको नमुना संकलन गरिएको जनाइएको छ। एससीएमपी
प्रतिक्रिया