अनियमतितको आरोपमा नेपाल नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा परेका छन्।
बुधबार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई निलम्बन गरेको हो।
मन्त्रालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा कार्यरत रहेको बेला अनियमितता गरेको आरोप लागेका एसपीद्वय रामेश्वर यादव, विमल बस्नेत र इन्स्पेक्टर मेघराज चौरसियालाई निलम्बन गरेको नेपाल प्रहरी प्रवक्ता (एसएसपी) बसन्तबहादुर कुँवरले बताए।
‘प्रदेश ट्राफिक कार्यालयमा कर्णालीमा रहँदा गैरव्यवसायिक क्रियाकलाप गरेको भन्ने उजुरी परेपछि दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेर छानबिन थालिएको हो’, नेपालखबरसँग प्रवक्ता कुँवरले भने।
प्रदेश ट्राफिक कार्यलयमा रहँदा आफू मातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको थियो।
प्रतिक्रिया