ad ad

समाज


पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ५:४५,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्।

मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक-सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए।

बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए।

YogeshBhattarai Pashupati

पशुपतिका धार्मिक-सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न-गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्।

पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिनको स्थापना गरेको हो।

पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने– ‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकाहरुको समेत सम्बोधन हुने गरि गुरुयोजनालाई अपिन्त रुप दिने काम भइरहेको छ, अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन्।’

YogeshBhattarai Pashupati 2

पशुपतिमा स्थापना गरिएको आधुनिक मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव चलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले संस्कार भनेको मानव जातीले विकास गरेका प्रविधीहरुसँगै परिस्कृत हुदै जाने बताए।

‘यो आधुनिक शवदाह गृहले हिन्दुहरुले गर्ने मृत्यु संस्कारमा कुनै कमी आउन दिदैन,’ मन्त्री भट्टराईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .