ad ad

समाज


तीन नाबालकमाथि यौन दुराचार गर्ने फ्रान्सेली नागरिक पक्राउ

तीन नाबालकमाथि यौन दुराचार गर्ने फ्रान्सेली नागरिक पक्राउ

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ८:२५,

प्रहरीले बाल यौन दुराचारको आरोपमा एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ।

बाल यौन दुराचारमा संलग्न रहेको विशेष सूचनाका आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पोखरा महानगरपालिका १७, फुर्केखोलाबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्यटन भिसामा नेपाल आई बसोवास गरिरहेका ६० वर्षीय  ब्यागनेरिस–दि–लुचन, फ्रान्सका नागरिक क्रिस्टियन सर्ज हेनरी नाउगरेत (पासपोर्ट नम्बर १२ एएक्स २६६७९) रहेका छन्।

उनलाई १२, ८ र ७ वर्षका तीन नाबालकमाथि बालयौन दुराचार गरिरहेको अवस्थामा कास्की प्रहरीको सहयोगमा पक्राउ गरीएको सीआईबीले जनाएको छ। प्रहरीले ती तीन बालकको उद्धारसमेत गरेको छ।

बाल यौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडिका लागि मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको सीआईबीले जनाएको छ।

प्रहरीले उद्धार गरेका नाबालकलाई अभिभावकको जिम्मा लगाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .